Dandelions and Orchids — A Tale of Two Children
Nepal Speaker
April 22, 2026
By Amrita Rungta Have you ever seen a dandelion flying? Tiny, weightless, drifting with the wind… yet carrying within it
Nepal Speaker
May 17, 2023
नेपालको शिक्षाको गुणस्तर क्षयीकरण हुँदै गैइरहेको हामी महशुस गर्दै आइरहेका छौं । यतिबेला अधिकांश अभिभावक, शिक्षण व्यावसायी, शिक्षाप्रेमी र सरोकारवाला बीचमा शिक्षाको गुणस्तर खस्किएकोमा चिन्ता गर्न थालेका छन् । सिकाई प्रक्रिया र व्यवस्थापकीय पक्ष समय सापेक्ष परिवर्तन हुन सकेको छैन । सिकाईलाई व्यवहारमा लागू गर्न नसक्नु अहिलेको मुख्य चुनौतीको विषय बनेको छ ।
यस विषयमा सरोकारवालाहरुबाट बारम्बार बहस भए पनि सुधारमा त्यति सन्तोषजनक परिवर्तन भएको देखिँदैन । समय गतिशील छ । सूचना तथा प्रविधिले फड्को मार्दै गर्दा हाम्रो देशका धेरैजसो नागरिकहरु मनोरञ्जनको लागि धेरै महत्वपूर्ण समय सामाजिक सञ्जालमा खर्चिने गर्छन् । मानवीय संवेदना, सिर्जनात्मक क्षमता र प्रविधिको मिश्रणबाट शैक्षिक सिकाई प्रणालीको संस्थागत विकास तथा समग्र प्रभावकारिता अभिवृद्धिको आजको प्रमुख आवश्यकता देखिन्छ। यस्तो खालको सीप विकासले शिक्षक र विद्यार्थीबीच आफ्नो कर्तव्यसँगै सिकाईप्रतिको लगाव बढाउन सहयोग गर्छ । शिक्षाको माध्यमबाट समाज परिवर्तन, मानव कल्याण र समग्र विश्वको उत्थानका लागि हाम्रो भूमिका महत्वपूर्ण हुनेछ ।
यसै क्रममा हामी शिक्षण पेशामा संलग्न प्रतिनिधिहरुका लागि उत्साहका साथ विकल्प पस्कन लागिरहेका छौं । हामीलाई विश्वास छ, हाम्रो प्रयासले नेपालको समग्र शैक्षिक प्रणालीलाई सवल बनाइराख्न मद्दत गर्नेछ । शैक्षिक संस्था व्यवस्थापन प्रणाली (Education Organization Management System) सँग सम्बन्धित भई शैक्षिक संस्थाको प्रमुख लेखा परीक्षक (Lead Auditor) तथा प्रमुख कार्यान्वयनकर्ता (Lead Implementer) को कोर्स ल्याएका छौं । जुन ISO 21001 भनेर पनि विश्वव्यापी रुपमै प्रख्यात छ। हामीले यो कोर्स विश्वव्यापी मान्यता प्राप्त व्यावसायिक प्रमाणपत्र प्रदान गर्ने गरी ल्याएका छौ ।
अबको शिक्षा प्रणालीको गुणस्तर सुधार गर्नुभन्दा अन्य विकल्प छैन । यसै सन्दर्भमा उच्च शिक्षामा Quality Assurance Accreditation (QAA) का प्रक्रियाले नेपालभरिका कलेजहरुमा तिब्रता पाइरहेको छ । यद्यपी नेपालका विद्यालयहरुमा गुणस्तरप्रतिको विश्वसनीयताको लेखा परीक्षण सम्बन्धी आवश्यकताको चर्चा हुन बाँकी छ । आउने दिनहरुमा शैक्षिक संस्थाहरुले अभिभावकहरुलाई गुणस्तर सुनिश्चितताको विश्वासलाई स्थापित गर्र्दै संस्थाको दर्शन तथा कार्य दिशासहित भविष्यको रुपरेखा तय गर्नुपर्ने आवश्यकता छ ।
वर्तमान समयमा बाह्य स्रोतबाट शैक्षिक लेखा परीक्षक नियुक्त गरी शैक्षिक लेखा परीक्षण (Academic Audit) गराउनु खर्चिलो छ । तथापी हरेक शैक्षिक संस्थासँग आबद्ध अन्तरिक मानव संशाधनलाई शैक्षिक संस्था गुणस्तर लेखा परीक्षक (Certified Educational Organization Management System- ISO 21001) को रुपमा तयार गर्न आवश्यक छ ।
शैक्षिक संस्थासँग आबद्ध स्नातक तह उत्तीर्ण व्यक्तिहरुले यो कोर्स गर्नसक्नु हुनेछ । सिकाईसँगै तपाईले आफ्नो सीपलाई शैक्षिक संस्थामा व्यवहारत लागू गर्न सक्नुहुनेछ । तपाईले यो कोर्सलाई आफ्नो कार्यस्थल, घरबाटै अनलाइनको माध्यमबाट अध्ययन गरी परीक्षासमेत दिन सक्ने राम्रो व्यवस्था गरिएको छ । यो पाठ्यक्रमको
सबैभन्दा महत्वपूर्ण विषय भनेको कोर्स सर्टिफिकेसनमा लागत कम (Low Investment) छ। कोर्समा उतिर्ण गर्दा अवसरहरू असीमित छन् ।
तपाईको मेहनत र प्रयासले तीन महिनाभित्र सम्पूर्ण पाठ्यक्रम पूरा गर्न सक्नुहुन्छ । पहिलो प्रयासमा तपाई परीक्षामा असफल हुने अपवादको स्थिति आएमा तुरुन्तै पुनः परीक्षा दिने व्यवस्था पनि मिलाईएको छ ।
विद्यार्थीहरूको सिकाइ तरिका, विधिको गुणस्तर संगै संस्थागत वातावरण सुनिश्चितता गर्न शैक्षिक संस्था व्यवस्थापन प्रणाली (Education Organization Management System) प्रमाणपत्रले आवश्यक विशेषज्ञता प्रदान गर्नेछ । शैक्षिक संस्था व्यवस्थापन प्रणालीले प्रदान गर्ने विशेषज्ञताले शैक्षिक संस्थाको प्रमुख कामहरुको प्रभावकारीता बढाई परिणाममुखी बनाउन मद्दत गर्दछ। यस कार्यक्रममा तपाईको सहभागिताले शैक्षिक क्रान्तिमा थप मद्दत पुग्नेमा विश्वस्त छौं । यस कार्यक्रमबाट तपाईंले आफ्नो क्षमता अभिवृद्धि गर्नु का साथै व्यावसायिक पहिचान सुधार गर्न सक्नुहुनेछ ।
नेपालको शिक्षा क्षेत्रमा व्यवस्थापन र सिकाईको गुणस्तर सुनिश्चितता गर्ने बिधि र प्रकृयामा धेरै ध्यान गएको देखिदैन। प्रमाणित लेखा परीक्षकको हैसियतमा तपाईले नेपालमा निजी र सार्वजनिक शैक्षिक संस्थामा लेखापरीक्षण गर्न सक्षम हुनु हुनेछ । यो कोर्स सिकाईले विश्व बजारमा हाम्रो शैक्षिक संस्थाहरुको प्रतिस्पर्धात्मक क्षमता बढाउनेछ । शैक्षिक लेखा परीक्षणका तथा प्रमुख कार्यान्वयनका लागि तपाइँलाई प्रमाणपत्र प्रदान गरिनेछ ।जुन विश्वव्यापी स्तरमा शैक्षिक संस्थाहरूको व्यवस्थापन प्रणालीका रूपमा काम गर्ने नया अवसरको सम्भावनाको प्रदान गर्ने छ ।
समय परिवर्तनसँगै विभिन्न खालका अतिरिक्त व्यावसायिक सीपसहितको आवश्यकता रहेको समयमा छौ हामि। आफुलाई नया शिप तथा दक्षताका लागि तत्पर नरहनुले हाम्रो व्यक्तिगत एवं व्यवशायिक प्रगति गर्न गार्हो हुदै जानेछ। शिक्षकहरू यससँग आउने चुनौतीहरू सामना गर्न तयार रहनु पर्छ । ISO 21001 प्रमाणीकरणले शैक्षिक संस्थालाई उत्कृष्टता प्रदान गर्नेछ । साथसाथै शैक्षिक प्रदर्शन गर्न आवश्यक पर्ने दक्षताको विकास गर्न मद्दत गर्नेछ।
यस अवसरलाई तपाइँले छुटाउनु हुने छैन । हामीसँग यस वर्ष भर्नाका लागि जम्मा ५० सिट उपलब्ध छन् । अब हामीसँग सहभागी हुनुहोस् । शिक्षाको गुणस्तर उकास्न र प्रतिस्पर्धात्मक शैक्षिक क्रान्तिको एक हिस्सा बन्नुहोस् । थप जानकारीको लागि https://nepalspeakers.com/education-organization-management/ र कार्यक्रमको विस्तृत विवरणकालागि अनुरोध गर्नुहोस् । हामी सँगै संगै यसरीनै नेपालमा शिक्षा क्षेत्रलाइ अझ मजबुत बनाउन सक्छौं ।
नेपाल स्पिकर्स ब्यूरोले, क्यानाडाको प्रतिष्ठित व्यावसायिक शिक्षा प्रादायक (Professional Evaluation and Certification Board) सँगको सहकार्यमा तपाईलाई प्रमुख कार्यान्वयनकर्ता (ISO 21001- Lead Implementer) र प्रमुख लेखा परीक्षक (ISO 21001 – Lead Auditor) विश्वव्यापी मान्यता प्राप्त व्यावसायिक प्रमाणपत्र प्रदान गर्न मद्दत गर्नेछ ।
थप जानकारी
यदि तपाईसँग कुनै प्रश्न छ भने, कृपया ९८१४७८५८५६ / ९८४९२२७४७४ मा सम्पर्क गर्न सक्नुहुनेछ।
April 22, 2026
March 23, 2026
February 10, 2026
January 25, 2026